जुम्ला । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालिकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो ।
मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए ।
वर्षाका कारण सो स्थानहरूमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका थिए । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।
संवाददाता । सोमबार, असार ३१, २०८१ मा प्रकाशित