काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।
दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.२ ओभरमा ११७ रनमा अलआउट भयो ।
पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।
तेस्रो ओभरमै करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबाबमा राख्यो । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्यो ।
त्यसपछि चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । अमिनीलाई दीपेन्द्रले सोमपाल कामीबाट क्याचआउट गराए ।
कप्तान सन्दीप लामिछानेले १३औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई अझ दबाबमा राखे । सन्दीपले ६ रन बनाएका रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए भने नोर्मन भानुअलाई शुन्यमै आरिफ शेखबाट क्याचआउट गराए ।
१४औं ओभरमा दीपेन्द्रले चाड सपरलाई आदिल अन्सारीबाट क्याचआउट गराए । सपर १ रन बनाएर आउट भए ।
पीएनजीको इनिङ्स एक्लै सम्हालेका सेस बाउलाई करण केसीले १६औं ओभरको दोस्रो बलमा अविनाश बोहराबाट क्याचआउट गराएपछि खेलमा नेपाल जिततर्फ अघि बढ्यो । त्यही ओभरमा करणले ४ रन बनाएका अबुअ मोरेअलाई सन्दीप लामिछानेबाट क्याचआउट गराए ।
१७औं ओभरमा
बलिङमा दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
संवाददाता । सोमबार, चैत २१, २०७८ मा प्रकाशित