Karnali Media
२०८३ असार २१ , आइतबार

दैलेखमा १३ वर्षीय बालक कुट्ने खड्का पक्राउ



सुर्खेत । दैलेखमा १३ वर्षीय बालक कुट्ने एक जनालाइ दैलेख प्रहरीले पक्राउ गरेको छ । शनिबार विदाको दिन गाइ बस्तु चराउन जंगल गएका एक बालकलाइ मराणासन्न हुनेगरी कुटपिट गर्ने ३६ वर्षीय युवालाइ दैलेख प्रहरीले पक्राउ गरेको हो ।
शनिवार दिउँसो जंगलबारमा गोठाला गएका बेला बालकलाइ कुटपिट गरेको आरोपमा नारायण नगरपालिका(७ का ३५ वर्षीय प्रेम खड्कालाइ दैलेख प्रहरीले पक्राउ गरेको छ । कारणविनै ति बालकलाइ कुटपिट गरेको भन्दै विद्यालयले आवश्यक कानुनी कारवाहीका लागि दैलेख प्रहरी समक्ष निवेदन दिएको थियो ।
खड्काको कुटपिटबाट बालकका शरिरमा निलडाम हुनेगरी कुटपिट गरिएको छ । ति बालकलाइ शनिवार दिउँसो करिवब ४ गाईबस्तु चराउन नजिकैको वनमा गएको बेला कुटपिट गरेका थिए । फर्केर घर आउदै गर्दा खड्कासंग भेट भएको र त्यहीँ बेला उनले कुटेको खुलेको छ । नाबालकलाई गोरु चुटे जसरी कुटपिट गरि बेहोस बनाएको भन्दै खड्का विरुद्ध बालबालिका अधिकार हनन भएकाले कारवाहीको माग राख्दै विद्यालयले प्रहरी समक्ष निवेदन दिएको थियो ।

कुटपिट लगत्तै फरार रहेका खड्कालाइ विद्यालयले दिएको निवेदनका आधारमा आइतबार प्रकाउ गरेर घटनाबारे थप अनुसन्धान शुरु गरेको छ ।


प्रकाशित मिति : २०८१ भदौ ९ गते आइतबार