Karnali Media
२०८३ असार २ , मंगलबार

देशलाई बस्न लायक बनाऔँ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बस्न लायक बनाउनुपर्ने बताएका छन्।

शनिवार काठमाडौंमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए।

उनले अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको पनि स्विकारे। प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनुपर्ने आग्रह गरे।


उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको बताए। देशलाई सबल बनाउने गतिशीलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

ओलीले भने‚ ‘हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन्। देशलाई बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो। अहिलेका एक्टरहरू हामी हौँ। हामीले अरूलाई दोष लगाएर हुँदैन। सेवाग्राहीले अहिलेको सरकार र अहिलेको कर्मचारीतन्त्र यी सबै हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभूति गर्न पाऊन्।’

प्रधानमन्त्री ओलीले जनतालाई दिने सेवामा कुनै कमी हुन नदिन निर्देशन दिए।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार