सुर्खेत । सुर्खेतका युवा व्यवसायीक बालकृष्ण हमाल चालिसेले आगामी बैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गराएसँगै युवा व्यवसायीक बालकृष्ण हमाल चालिसेले आफुले उधोग बाणिज्य को चुनाब जितेमा गुट र टिम को अन्त्य गरेर सबैलाई एकै टिममा जोड्ने पहिलो पहल गर्ने बताएका छन । व्यापारी तथा व्याबसायिकको हक हित हुने गरि संस्थागत सुधार र व्याबसायिक एकतामा लाग्ने उनको योजना छ ।
हमाल चालिसे भन्छन “म व्यवसायीक भएर काम गर्दै जादा धेरैको नजिक रहेर सबैलाई समावेशी बनाउनु पर्छ भनेर व्याबसायिक हकहितमा आवाज उठाउदै आएको र प्रत्येक व्यपारीहरुको सहयोगी बनेर निरन्तर लागिरहेको उनी बताउछन ।
पछिल्लो समय युवा व्यवसायीकका रूपमा उदाएका उनि सबै व्यपारीकाबीचमा लोकप्रिय पनि छन् । हमालले आफ्ना कम्पनी अर्थात् पसलहरूबाट प्रत्यक्ष रुपा २०/२२ जना लाइ रोजगारि साथै गुणस्तरीय सेवा समेत दिईरहेका छन ।
हमाल चालिसे बिगत १०-१२ बर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय गरिरहेका छन । उनले वीरेन्द्रनगरमा युनिक डेकोरेशन कलेक्सन लगायत अरु बिभिन्न फर्महरु, न्यु युनिक हार्डवयर, मणि बिस्नु कृषि फर्म , यस यण्ड यस रियल स्टेट, यस यण्ड यस कन्स्ट्रक्सन समेत सञ्चालनमा ल्याएका छन् ।
व्यापरिको हकहितका लागि आवाज उठाउदै गर्दा उनले संघबाट नै सुधार गर्नुपर्छ भन्ने उद्देश्यले यस पटकको चुनावमा सदस्यमा उम्मेदवारी दिएका हुन ।
व्यवसायीकहरूमा आउँने विभिन्न समस्याहरूलाई समाधानमा सक्रिय भूमिका खेलेका हमालले, कोरोना महामारीको समयमा भएको लकडाउनमा पनि धेरै व्यापारी तथा नागरिकको समस्यामा समाधान गर्न मदत पुर्याएका थिए ।
सामन्य परिवारमा जन्मेका उनी आफ्नो कडा परिश्रमले आज एक सफल व्यावसायिक बन्न सफल भएका छन । उनि भन्छन “आफुले मेहनत गर्दा र यहाँसम्म आईपुग्दा आईपर्ने विभिन्न समस्या र चुनौतीहरु राम्रो सङ्ग बुझेको र राजनितीक पार्टी सङ्गको सम्बन्ध पनि राम्रो भएकोले चुनाबमा बिजय भए व्यावसायिकको हितका महत्त्वपूर्ण लागि काम गर्नेछु ।”
संवाददाता । शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित