Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

पूर्णबहादुर खड्काले पाए काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी



नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।


सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यवाहक सभापति तोकिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार