असार २, सुर्खेत । नयाँ सबुज गणद्वारा वीरेन्द्रनगरको कपासे व्यारेकमा चिउरी र अशोक जातका विरुवाको वृक्षारोपण गरिएको छ। आज सुरक्षा निकायको सहभागितामा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत मून रावत, प्रमुख सेनानी रुपक थापा, रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम बहादुर बिष्टका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ गण रक्तकाली लगायत सुरक्षा निकायको सहभागिता थियो।
वृक्षारोपण योजना : पश्चिम कमाण्ड हे.क्वा.को जिम्मेवारी क्षेत्रमा आ.व. ०७८/७९ मा ११ जिल्लाहरुमा वृक्षारोपण गर्ने योजना रहेको र उक्त कार्यक्रमलाई आगामी आ.व.हरुमा समेत निरन्तरता दिईने बताईएको छ ।
वृक्षारोपण गरिने जिल्ला र विरुवा संख्या :चिउरीको परिचय : नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भेगमा पाईने चिउरी १५ देखि २२ मिटर सम्म अग्लो हुने ठूलो खालको रूख हो । चिउरीको बीउवाट घ्यू निकालिने भएको हुनाले यसलाई ‘Butter Tree’ पनि भनिन्छ । यसको वैज्ञानिक नाम ‘Diploknema Butyrcea (Roxb.) H.J.Lam’ हो र यो सापोटासी क्लासमा पर्दछ । यसको फूल सेता-पहेंला हुन्छन् । फल अण्डाकारको १ देखि २ सेमि व्यास भएको हुन्छ, जुन काँचोमा हरियो र पाके पछि पहेंलो हुन्छ । एउटा हाँगामा १० देखि ५० वटा सम्म झुप्पा फल्दछन् र एक झुप्पामा १० देखि २५ वटा सम्म दाना फल्ने गर्दछ । यसको फलमा १ देखि ३ वटा सम्म विउहरू हुन्छन । यसको फल सुगन्धित र गुलियो हुन्छ । चिउरीको बोटको औसत आयु ५० वर्ष मानिन्छ । साथै, चेपाङ्ग समुदायमा छोरी/चेलीहरुको बिहे गरेर पठाउँदा चिउरीको बोट दाईजो दिनै पर्ने परम्परा अहिले सम्म पनि विद्यमान छ ।
संवाददाता । बिहिबार, असार ०२, २०७९ मा प्रकाशित