१८ असार, सुर्खेत । शान्ति पक्रियापछि नेपालमा सहकारीहरु खुल्ने क्रम बढ्दो छ । सानो पुँजीलाई जम्मा गर्दै परिचालन गर्नेगरी अहिले गाउँ-गाउँ सम्म सहकारीहरु संचालित छन् ।
सहकारीलाई विकासको एउटा खम्बाको रुपमा समेत लिने गरिएको छ । पछिल्लो समय सहकारी मार्फत धेरै व्यक्तीहरु आत्मनिर्भरताको बाटोमा समेत लागेका छन् । समाजमा व्याप्त गरीबी न्युनिकरण गर्न सहकारीहरुले भुमीका खेलेका छन् ।
कर्णालीमा पनि सहकारीहरु मार्फत ऋण लिएर
धेरै व्यक्तीहरु आत्मनिर्भर बनेका छन् । तेज कुमारी चन्द, सुर्खेत वीरेन्द्रनगर १२ मा बसोबास गर्ने गर्छिन् । उनको पहिले खास्सै राम्रो आम्दानी हुने कुनै व्यापार व्यवसाय थिएन । चर्को व्याजदरमा ऋण लिएर व्यवसाय थालनी गर्न नसकिने अवस्था थियो । जब उनी वीरेन्द्रनगर १२ मै रहेको हातेमालो जागरण बहुउद्देश्यीय सहकारीको सेयर सदस्य बनिन् त्यसपछि उनले सस्तो व्याजमा ऋण लिएर केही व्यवसाय गर्छु भन्ने सोच बनाइन् । अनि ऋण लिएर सिलाई कटाई शुरु गरिन् ।
उनले सानो पुँजिबाट शुरुवात गरेको सिलाई कटाई व्यवसायलाई बढाउँदै लगिन् । अहिले उनले गार्मेन्ट उद्योग संचालन गरेर अहिले ५ जनालाई समेत रोजगारी दिएकी छिन् ।
उनि मात्रै होइन, सहकारी मार्फ व्यवसायी बन्नेहरु धेरै छन । सहकारी मार्फत नै ऋण लिएर वीरेन्द्रनगर घण्टाघरमा फेन्सी पसल गरिरहेका जनक पंगालीको अनुभवमा पनि स्वदेशमै केही गर्छु भन्नेहरुका लागि बिना झन्जटिलोमा सहकारी मार्फत ऋण लिएर व्यवसाय गर्न सकिन्छ भन्ने छ ।
आफुले पनि व्यवसाय संचालन कसरी गर्ने भन्नेमा रहेको तर सस्तो व्याजदरमा ऋण पाएपछि व्यवसायी बन्न सकेको पंगालीको भनाई छ ।
यस्तै, सुर्खेतकै झरना देवकोटाको अनुभव पनि त्यस्तै छ । उनिले सुरुवाती चरण देखि नै सहकारी ऋणबाटै व्यवसाय सुरु गरिन् । अहिले आफ्नो
फेन्सी पसलबाट बार्षिक ४० लाख जत्तीको व्यापार व्यवासय हुने गरेको देवकोटा बताउछिन् ।
यता, सहकारीबाट ऋण लिएर आत्म निर्भर भएको देख्दा सहकारी संचालकहरु पनि खुशी व्यक्त गर्छन । हातेमालो जागरण सहकारी संस्थाका प्रवन्धक
मञ्जु तिवारीले सदस्यहरु व्यवसायीक बनेर आत्मनिर्भर भएको देख्दा आफुहरुलाई सन्तुष्ट लाग्ने गरेको बताउछिन् ।
स्वदेशमा केही हुँदैन भन्दै धेरै युवाहरु विदेशिने गरेका छन । तर रकम नभएरै स्वदेशमा केही गर्न सकिन्न भन्नेहरुको लागि व्यवसायिक बनेका
केही व्यक्तीहरु स्वदेशमै स्वरोजगार बनेर गतिलो उदाहरण दिन सकेका छन । त्यसैले स्वदेशमा पनि प्रसस्त सम्भावना छन भनेर तपाई हामीले पनि
सोच्ने की ?
भावना राना । शनिबार, असार १८, २०७९ मा प्रकाशित