७ साउन, सुर्खेत । नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले अहिलेको पाँच दलिय गठबन्धन विकास र समृद्धिको बाधक भएको बताएका छन् । आज पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका महासचिव पोखरेलले संसारको कहिपनि गठबन्धनबाट राष्ट्र नबनेको बताएका हुन् ।
उनले भने, “जतिबेला सम्म हामी अधिकारको लडाई लड्दै थियौ त्यतिबेला हामिले लामो समय संघर्ष गर्यौ, अब हामिले जनताको अधिकार खोस्ने सबैलाई अन्त्य गरिसकेक छौ अधिकार सम्पन्न संविधान बनाएका छौ । आज जुन राजनीतिको अगाडि बढिरहेको छ । यो बिकास र समृद्धिको लागि नभई स्वार्थका लागि हो । गठबन्धनबाट राष्ट्र बनेको कहि पनि छैन, आज जुन राजनीति बनेको छ यो बिकास गर्ने हैन यो झन बिकासको बाधक हो । पाँच दलिय गठबन्धको न कुनै लक्ष्य छैन, न कुनै विचार छ, यो स्वार्थीहरुको झुण्ड हो । यसको एउटै उदेश्य एमालेलाई रोक्ने हो । त्यसैले यो गठबन्धनले बिकास गर्दैन ।
नेकपा एमालेले संविधान बनाएपछी एउटा निष्कर्ष निकाल्यो नेपाललाई बिकास र समृद्धिको बाटोमा लैजाने, अब जुन निर्वाचन आउदै छ यसले देशको बिकास र समृद्धिका लागि हुनेछ ।
हामिले गएको चुनावमा बामपंथी एकता गर्नुपर्छ भनेर गर्यौं दुई तिहाई ल्यायौं जनताका बीचका बाचा गरे अनुसार एउटै पार्टी बनायौं तर यो मुलुकको बिकास देख्न नसक्ने ले यो देशमा एक अर्का बिच दरार ल्याउने काम गरेर अनेक आरोप लगाईयो । आज तिनै बिषयबाट नेकपाबाट अलक भएर २ पार्टी जन्मिएका छन । यी पार्टीहरुमा नेकपा छैन पुरानो माओवादी मात्र छ । माधब नेपालले नेतृत्व गरेका पार्टिमा पनि नेकपा देखिदैन अहिलेको एमालेनात्र नेकपा पार्टी हो । तसर्थ नेपालको कम्युनिस्ट लाई बलियो बनाउने हो भने अब माओवादी र समाजवादीले हैन एमालेमा कार्यकर्तालाई उनले आव्हान गरे ।
जब नेकपा एमाले बिभाजन भयो तब एमसिसी सम्झौता टेबल भयो । पहिले राष्ट्रघाती छ भन्नेहरुले नै हात उठाएर तालि बजाए एमसिसी सम्झौता पारित गरे यसर्थ हिजो जुन बिरोध गरेका थिए माधब नेपाल र पुष्पकमल दाहालले त्यो बिरोधका लागि मात्र बिरोध रहेछ । नेकपा भित्र अन्तरद्वन्द गर्न यो नाटक गरिएको रहेछ । यस्तै नागरिकता बिधेयक पास गर्नुहुन्न भन्ने प्रचण्ड हिजो भने उनले नै ताली बजायर पारित गरे । हिजो दाहाल र नेपालले नेकपा भित्र हुदा जुन कुरामा बिरोध गरेका थिए आज त्यो कुरा किन गर्नुहुन्न ? अब उनिहरुले जनता र राष्ट्रको प्रतिनिधित्व गर्न सक्नुहुन्न भन्ने कुरा प्रष्ट भैसकेको छ । उनिहरुले हिजो एउटै कुरा उठाए, पद व्यक्ती एक पद यहिबाट उहाँहरुले पार्टी भित्र नै फुट ल्याउने प्रयास गरे तर आज यहि कुरा उनिहरुको पार्टी भित्र लागू भएको छ कि छैन ? महासचिव पोखरेलले प्रश्न गरे ।
अब हाम्रा सामु देशको बाटो कता लैजाने भन्ने दुई बाटोहरु छन् । एउटा केपि ओलिले नेतृत्व गरेको नेकपा (एमाले) जसले नेपाली समाजलाई समाजवाद मा लैजान्छ र अर्को सेर बहादुर देउबाले नेतृत्व गरेको नेपाली काँग्रेस जसले हाम्रो समाजलाई पुजीवादी तर्फ लैजान्छ । यथार्थ यहि हो अब के रोज्ने हाम्रो हातमा छ उनले भने ।
संवाददाता । शनिबार, साउन ०७, २०७९ मा प्रकाशित