सुर्खेत। कक्षा १२ को परीक्षा दिएकामध्ये ५७ हजार ६१० जनाले यसै वर्ष स्नातक तहको अध्ययन गर्न नपाउने भएका छन् । उनीहरू ग्रेडवृद्धिसम्बन्धी परीक्षामा पनि सहभागी हुन पाउने छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को नतिजाअनुसार एक लाख ८८ हजार ४२१ जनाको नतिजा अवर्गीकृत अर्थात् ननग्रेडेडमा परेको छ। गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ ।
अक्षराङ्कन पद्धति कार्यान्वयनमा आइसकेपछि अनुत्तीर्णको व्यवस्था नहुँदा नतिजा खस्किएको भन्दै सर्वत्र विरोध भएपछि त्यसलाई रोक्न यस्तो व्यवस्था गरिएको हो । अवर्गीकृत नामकरण गरिए पनि यो अनुत्तीर्ण नै हो ।
संवाददाता । शनिबार, भदौ १८, २०७९ मा प्रकाशित