दैलेख । दैलेखको क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली काँगे्रसका उम्मेदवार दिक्पाल शाहीले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम १४ हजार ८ सय ८२ मत गणना हुदा शाहीले ६ हजार ८ सय ७ मत प्राप्त गर्दा उनलाई पछ्याईरहेका नेकपा एमालेका उम्मेदवार लक्ष्मी पोखरेलले ५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केसेन्द्र कार्किले १२ सय ६२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखत भण्डारीले ३ सय १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रराज गिरीले १ सय ६० मत प्राप्त गरेका छन् ।
काँगे्रस उम्मेदवार शाही एमाले उम्मेदवार पोखरेलभन्दा १३ सय ७३ मतले अघि छन् ।
संवाददाता । मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित