काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह समूह ‘एच’ को अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको छ ।शुक्रबर भएको समूह एच को अन्तिम खेलमा कोरियाले पोर्चुगललाई २-१ गोलले पराजित गरेको हो ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टा गोल गरि पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको २७औं मिनेटमा कोरियाको लागि किम योङ वोनले गोल गरि खेल १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ४१औं मिनेटमा पोर्चुगलले अग्रता दिने सुनौलो अवसर पाएको थियो, जसमा कप्तान रोनाल्डोले प्रहार गरेको हेडिङ बलले पोस्टको दिसा लिन सकेनन् । खेलमा पोर्चूगलले कोरियामाथि सुरुवात देखि नै आक्रमक गरे पनि थप गोल भने गर्न सकेन ।
यस्तै खेलको इन्जुरी समयमा कोरियाले गोल गरि खेलमा जित निकाल्यो ।एक खेलअघि नै विश्वकपको नकआउट चरणमा पुगिसकेको पोर्चुगल दक्षिण कोरियासँग रोकिएपनि ६ अंकसहित समूह विजेता बन्यो । यता दक्षिण कोरिया भने ४ अंक अन्तिम १६ मा प्रवेश गरेको छ ।
संवाददाता । शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित