सुर्खेत । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुक्रवार र्याली सहित बजार परिक्रमा र अन्तरक्रिया कार्यक्रम गरेर मनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतका उपसचिव भेषराज रिजालले लोकतन्त्र र बिभिन्न शासन कमजोर हुनु भ्रष्टाचारको मुख्य कारण रहेको बताए । गत सालको रिपोर्टमा दक्षिण एसियामा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा ३३ अंकसहित ५ औं स्थानमा रहेको बताउदै उनले सार्वजनिक खरिद, उपभोक्ता समिती, प्रशासनिक कार्य, सामाजिक सुरक्षा, छात्रवृति र प्राकृतिक स्रोत साधन सम्बन्धि मुद्दाहरु धेरै आउने गरको बताए ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा सहकर्मी समाज, प्रदेश शुसासन संजालको आयोजना र युएनडिपी, संस्थागत सुधारका लागि न्यायमा अभिवृद्धि परियोजनाको सहयोग तथा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय कर्णाली प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत र अन्य संघ संस्थाको समन्वयमा वीरेन्द्रनगर सुर्खेतको मंगलगढीबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै चौतारामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सुर्खेतका बिभिन्न संघ संस्था, नागरिक समाज, विद्यार्थी लगायतको सहभागिता थियो ।
यस्तै, कार्यक्रममा कर्णाली प्रदेश मुख्यमन्त्रि कार्यालय सुर्खेतका सचिव आनन्द सारुले भ्रष्टाचार न्यूनिकरण गर्न सबैको भूमिका रहने बताए । नागरिक, जनप्रतिनिधि सबैले कुन तहको काम गर्ने भनेर सचेतना फैलाउन जरुरी भएको बताउँदै राज्य निर्जिव हुन्छ, यसलाई जिवन दिने काम नागरिक, जनप्रतिनिधि र कर्मचारीले गर्ने हो । उनले भने ।
सहकर्मी समाजका कार्यक्रम संयोजक हरी प्रसाद उपाध्यायले शुसासनमा नागरिक समाजको सक्रियता बढाउन लामो समयदेखि सहजिकरण गरिरहेको बताए । बिभिन्न विद्यालयका विद्यार्थीहरु, समाजिक संघ संस्थाहरु, दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका २५ वटा पालिकाहरुमा हाम्रा कुरा मुख्यमन्त्रि लगायतका बिषयमा छलफल गरिएको उनले बताए । जसमा शुसासन प्रवद्र्धनका बिषयमा छलफल भएको थियो । हाम्रा कुरा मुख्यमन्त्रि सँग कार्यक्रममा पनि करिब साढे ३ सय गुनासो आएको र समुदाय स्तरमा सरकारको उपस्थिती भएको बताउँदै प्रत्यक्ष रुपमा करिब साढे १२ सय नागरिकलाई भेटेर यसबारे बुझाएको उनको भनाई छ ।
संवाददाता । शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित