Karnali Media
२०८३ असोज १ , बिहीबार

अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी



बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ। शव पोस्टमार्टममा सहभागी अस्पतालका एक कर्मचारीले अभिनेता राजपूतको हत्या भएको दाबी गरेका हुन्।

भारत मुम्बईको कपुर अस्पतालका रूपकुमार शाहले एएनआईसँग कुरा गर्दै यस्तो दाबी गरे। अभिनेता राजपूतको शरीरमा चोटका डामहरू देखिएको शाहले दाबी गरे। उनले घाँटीमो रहेको डाम पनि झुन्डिएको नभएको बताए।


‘त्यस दिन अस्पतालमा पाँच शव पोस्टमार्टमका लागि ल्याइएका थिए। जसमा एक भिआइपी थिए। पोस्टमार्टम गर्ने बेला थाहा भयो, बलिउडका हिरो सुशान्त सिंह राजपुतको शव रहेछ। उनको शरीरमा धेरै डामहरू थिए। घाँटीमा पनि झुन्डिएको भन्दा फरक डाम देखिन्थयो। यसबारे मैले सिनियर डाक्टरलाई भनेको पनि थिएँ,’ उनले भनेका छन्।

त्यतिबेला अस्पतालले पोस्टमार्टम रिपोर्टमा शरीर कुनै चोट नदेखिएको बताएको थियो। राजपुतले १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै फ्लाटमा मृत भेटिएका थिए।

प्रकाशित मिति : २०७९ पुस १२ गते मंगलबार