Karnali Media
२०८३ असोज ४ , आइतबार

अभिनेत्री पूजा शर्माले भनिन्- मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो हो



अभिनेत्री पूजा शर्मा यति बेला विवाहको कुरालाई लिएर चर्चामा छिन्।

आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ। यसपटक कात्तिक ७ विजया दशमी परेको छ। तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन्।

‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र?’ उनले भनिन्।

पूजा आफ्नो प्रेमीसँग झम्सिखेलमा ट्यागु होटल सञ्चालनमा ल्याउने तयारीमा छिन्। पूजा हाल फिल्म ‘दान्भी’ को छायांकनमा व्यस्त छिन्। उनी फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्।


रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ।

उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।

योसँगै उनी रेखा थापाको फिल्ममा पनि देखिनेछिन्।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार