Karnali Media
२०८३ साउन १३ , बुधबार

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट गाईको मृत्यु, चालक प्रहरी नियन्त्रणमा



सुर्खेत । वीरेन्द्रनगरको मुख्य सडकखण्ड अन्तर्गत रत्न राजमार्गको खजुरामा ट्रकले गाईलाई ठक्कर दिँदा गाईको मृत्यु भएको छ।

ट्रान्जिट मिस्कर जडित रा १ क १५१२ नम्बरकाे ट्रकले मंगलबार गाईलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गाईको निधन भएको र ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।


प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार