Karnali Media
२०८३ साउन ८ , शुक्रबार

प्याज खानुका फाइदै फाइदा



प्याज हामीले प्राय खानासँग र खाजासँग स्वाद अनुसार खाइरहेका हुन्छौ। स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकले बताएका छन्। यसले शरीरमा भीटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्‍मक क्षमतालाई बढाउने गर्दछ। प्याज खानुका फाइदा के के छ न् त ?

१.प्याजले रोग शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँदछ। किनकी यसमा रहेको फाइटोकेमिकल्स तथा भिटामिन सी पाउने पाइन्छ जसले शरीरको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ।

२.ब्लड सुगमा प्याजले लाभ दिन्छ। किनकी यसमा क्रोमियम नामक ततत्व पाइन्छ जसले ब्लड सुगलाई नियन्त्रण गर्न सहायक बन्छ।

३.दुखाई कम गर्न प्याजले मद्दत पर्‍याउँछ। काटेको ठाउँमा यसले संक्रमणको काम गर्दछ।

४. प्याजले खराब कोलेस्ट्रोललाई हटाउने गर्दछ। यसमा पाइने एलडीएलका कारण खराब कोलेस्ट्रोल उत्पादन गर्न दिँदैन।


५. क्यान्सर रोक्‍नमा सहायकको काम गर्दछ। किनकी यसमा क्वार्शेटिन (quercetin) नामक कम्पाउण्ड पाइन्छ जसले क्‍यान्सर रोक्‍न मद्दत गर्दछ।

६. मौरीले टोकेको ठाउँमा प्याजले राहत दिन्छ।

७. यसका साथै यसले ग्यास्ट्रिक अल्सरमा फाइदा गर्छ।

८. हरियो प्याजमा भरपूर मात्रामा ‘भीटामिन ए’ पाइन्छ। यसैकारण प्याजलाई खानामा पनि समावेश गरेर खाने गरिन्छ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार