Karnali Media
२०८३ जेठ २६ , मंगलबार

एन आई सी एशिया बैंकद्वारा छाँयानाथ रारा नगरपालिकाका आगलागी पिडितलाई आर्थिक सहयोग



एन आई सी एशिया बैंकले छाँयानाथ रारा नगरपालिका–१ स्थित गमगढी बजारमा आगलागी भएर घर तथा पसलमा क्षति व्यहोरेका पिडितलाई रू. १ लाख आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो जिम्मेवार कर्पोरेट नागरिकको उत्तरदायित्व सम्झेर पिडितलाई नगरपालिका मार्फत उक्त रकम सहयोग गरेको हो । उक्त रकम बराबरको चेक यस बैंकका कर्णाली प्रदेश प्रमुख श्री राजन पोखरेलज्यूले छाँयानाथ रारा नगरपालिकाका प्रमुख श्री हरिजंग शाहीज्यूलाई हस्तान्तरण गर्नुभयो ।
नगरपालिकाले यस क्षेत्रमा आगलागी पिडितहरुलाई सहयोग गर्दै आइरहेको छ । मिति २०७८०७/२९ गते का दिन अकस्मात आगलागी भई गमगढी बजार क्षेत्रका २१ वटा घर जलेका थिए भने करिब रू. ३५ करोड बराबरको भौतिक क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल सरकारको सबै नागरिकसम्म बैंकिङ पहुँच पुर्याउने अभियानमा योगदान पुर्याउने उद्देश्यले यस बैंकले हालसम्म कर्णाली प्रदेशका ९ वटा स्थानीय तहमा शाखा सञ्चालनमा ल्याइसकेका छौं । यस प्रदेशका ८ जिल्लामा १० वटा शाखा कार्यालय र एटीएम ९ वटा सञ्चालनमा रहेका छन् । यस प्रदेशका ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरु र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १८ गते शनिबार