काठमाडौं । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८० र ८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।
२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।
कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने उल्लेख गरेको छ ।कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ ।
कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।
संवाददाता । मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित