सुर्खेत । छिमेक लघुवित्त वित्तीय संंस्था सुर्खेत शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
वित्तीय साक्षरता कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुबिधा, नीति नियम, सम्पती शुद्धिकरण लगायतका वित्तीय अनुशासन पालन नगर्दा पर्ने अप्ठ्यारो, कबुल गरे बमोजिम कर्जा नतिर्दा हुने समस्या, कालो सुचिमा पर्ने कारण तथा त्यसबाट ऋणि तथा साक्षी जमानी र उनिहरुको परिवारलाई पर्ने समस्याको बिषयमा जानकारी गराइएको थियो ।
छिमेक लघुवित्त वित्तीय संंस्था सुर्खेत शाखाको आयोजनाम संचालन भएको कार्यक्रममा सस्थाको ग्राहक संरक्षण तथा सामाजिक बिकास विभाग अन्तर्गत कार्य गर्ने निशान श्रेष्ठ तथा सुर्खेत शाखाका शाखा प्रबन्धक मान बहादुर रानाले कार्यक्रमको संचालन गरेका थिए ।
साथै कार्यक्रममा वर्तमान समयमा केही तत्वहरुले वित्तीय संस्था प्रति गलत सोच र भ्रामक समाचार सम्प्रेषण गरि आम सर्वसाधारण र जनमानसमा वित्तीय संंस्था प्रतिको जनविश्वास कम गर्ने क्रियाकलाप गरेको पाईएकोले त्यस्ता भ्रामक समाचार र तत्वहरुको कुरामा नलागी छिमेक लघुवित्त वित्तीय संस्था प्रती पुर्ण विश्वस्त हुन समेत अनुरोध गरिएको छ ।






संवाददाता । शनिबार, असोज २७, २०८० मा प्रकाशित