Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्याे 



काठमाण्डाै – सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार