Karnali Media
२०८३ असोज २ , शुक्रबार

आज विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान



चर्चित गायिका एलिना चौहानको आज विवाह हुँदै छ । हाल अस्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।

परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ।

मंगलबार उनले मेहन्दी समारोह गरेको तस्वीर तथा भिडियो सार्वजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित विष्णु मंगलबार नै झापा पुगिसकेका छन् ।


एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

तर, यसबीचमा उनीहरूको ब्रेकअप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाई चिर्दै एलिना–विष्णु विवाह बन्धनमा बाँधिन लागेका हुन ।

प्रकाशित मिति : २०८१ वैशाख ५ गते बुधबार