Karnali Media
२०८३ असार १ , सोमबार

अभिनेत्री करिश्मा मानन्धर एमालेमा : अध्यक्ष ओलीले गरे स्वागत



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।


अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् ।

प्रकाशित मिति : २०७८ चैत ८ गते मंगलबार