Karnali Media
२०८३ असार २३ , मंगलबार

डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक



सुर्खेत। कवि तथा गीतकार डा· महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका साथ उक्त गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

डा. मल्लद्वारा रचना गरिएको गीतमा गायिका सिम्रन परियारको स्वर र शिव संगीतको संगीत रहेको छ । जीवनकुमार ज्ञवालीले निर्देशन र नितु सिंह ठकुरीले व्यवस्थापन गरेको म्युजिक भिडियोमा बिपाशा चदाराले मोडलिड गरेकी छन् ।


भिडियो

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार