सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई अझ सुबिधा समपन्न र अत्याधुनिक बनाउनका लागि ३४ करोड र छुट्याएको स्वास्थमन्त्री विरोध खतिवडाले बताएका छन । मंगलवार सुर्खेत आएका स्वास्थमन्त्री खतिवडाले विभिन्न रोग पहिचान गर्ने अत्याधुनिक एमआरआई मेसिनका लागि करिब २० करोड र अन्य आवश्यक सामाग्रीका लागि १४ करोड रकम छुट्याएको बताएका हुन ।
यस्तै स्वास्थमन्त्रीले भने हामिले प्रत्येक स्थानिय तह र पालिकामा स्वास्थ क्षेत्रको सुधारका लागि धेरै कामहरु गरिरहेका छौ । अझैपनि यहाँ स्थानिय तहका स्वास्थ कार्यालयहरु जिर्ण छन भाडामा बसेका छन भने त्यस्ता स्वास्थ कार्यालयको व्याबस्थापन गर्न आफू लागिपर्ने बताएका छन । तत्कालै आफुहरु अक्सिजन कन्सन्ट्रेटर, आईसियुउ भएको ठाउमा भेन्टिलेट्र र अक्सिजन सिलिन्डर नभएको ठाउमा तत्काल आफुहरु दिन सक्ने अबस्थामा रहेको र अत्यन्तै जरुरी ठाउको लागि अल्ट्रा साउण्ड मेसिन, एक्स रे मेसिन दिनुपर्न हुनसक्छ भनेर करिब १७८ वटा अल्ट्रा साउण्ड मेसिनको टेण्डर भएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।
पूरा भिडियो हेर्न तलको लिन्कमा जानुहोला ।
संवाददाता । बुधबार, चैत २३, २०७८ मा प्रकाशित