काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलिय पदार्थको मूल्य थपघट गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
नयाँ मूल्यदर अनुसार पेट्रोलको मूल्य काठमाडौँ, पोखरा, दिपायलमा १६८ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १६७ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६५ रुपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य काठमाडौँ, पोखरा, दिपायलमा १५६ रुपैयाँ, सुर्खेत दाङ क्षेत्रमा १५५ रुपैयाँ, र झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।
संवाददाता । आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित