Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुनको मूल्य बढ्यो, चाँदी स्थिर



काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार