काठमाडौं । अभिनेत्री तथा मोडल अदिती बुढाथोकी फोटो सेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन् ।
भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी २५ वर्षीया बुढाथोकीले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअर थालेकी थिइन् । उनी अभिनित ‘बाबरी’ भदौ ३१ गते प्रदर्शनको तयारीमा छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
दुई मिलियनले उनलाई पछ्याउँदा अदितीले चाहिं ७७२ जनालाई पछ्याएकी छन् । अदितीलाई नेपाली र भारतीय कलाकार तथा प्रशंसकहरुले पछ्याएका छन् । आफ्ना ‘हट’ तस्वीर इन्स्टाग्राममा सेयर गर्दै आएकी अदिती युवापुस्तामाझ रुचाइएकी कलाकार समेत हुन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित