७ असार, सुर्खेत – एसओएस बालग्रामका संस्थापक पिता डा. हर्मन माइनरको १०३ औं जन्मजयन्ती तथा एसओएस बालग्राम नेपालको ५०औ स्थापना दिवसको अवसरमा आईतवार एसओएस बालग्राम सुर्खेत अन्तर्गत परिवार सवलीकरण कार्यक्रमले शैक्षिक सामग्री सहयोग गरेको छ ।
उक्त परियोजनाले विरेन्द्रनगर नगरपालिका वडा नं १ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको हो । शैक्षिक सामाग्रीमा प्रत्येक बालबालिकालाई झोला, कापी, पेन्सिल, विद्यालय पोषाक, रुमाल र दिवा खाजा बोक्ने टिफिन बक्स समावेश गरिएको थियो । यसका साथै प्रारम्भिक बाल विकास कक्षाको लागि आवश्यक शैक्षिक सामाग्री सहितको बाकस पनि हस्तान्तरण गरिएको थियो।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
प्रत्येक बर्ष जुन २३ का दिन मनाइने एसओएस दिवसका अवसरमा परिवार सवलीकरण कार्यक्रमले समुदाय सहयोग अन्तर्गत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित