Karnali Media
२०८३ असार ३ , बुधबार

कमल खत्री र मेलिना मैनाली बीच इङ्गेजमेन्ट



काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इङ्गेजमेन्ट भएको छ । आइतबार उनीहरूले इङ्गेजमेन्ट गरेका हुन् ।

खत्री एक दशकदेखि गायनमा छन् । मैनाली ‘द भोइस अफ नेपाल’बाट उदाएकी गायिका हुन् ।


“जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो । चाहना यत्ति छ कि साथ र माया सधैँ पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इङ्गेजमेन्ट गरेका छौँ,” उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार