सुर्खेत । पल्सरको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ सुर्खेतमा ल्याइएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाल भित्र्याएको यो मोटरसाईकल आजदेखि कर्णाली प्रदेशमा असिम अटो पार्टसले पनि सार्वजनिक गरेको हो।
२ लाख ८० हजार रुपैयाँ मूल्य रहेको एनएस १२५ गत वर्ष भारतमा सार्वजनिक भएको थियो । तर एनएस मोटरसाइकल ढिलै गरी भएपनि सुर्खेतमा समेत यो वर्षदेखि भित्रिएको हो। पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको बजाजको आधिकारिक विक्रेता असिम अटो पार्टस सुर्खेतका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिए।
यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ। भने एक सय ४४ केजी मात्रै यसको तौल रहेको छ। यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ। यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ।
अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ। स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ।
नेपाली बजारमा यसले टिभिएस रेडरसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको बजाज कम्पनीले जनाएको छ।
संवाददाता । बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित