सुर्खेत । सुन्दर नेपाल संस्थाको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
‘सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना’ भन्ने नाराका साथ सम्पन्न साधारण सभामा जिल्ला समन्वय समति सुर्खेतका प्रमुख गंगाराम सुनारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो।
हाल संस्थाले भकारी कार्यक्रम, सोलार वहुउद्देश्यीय पानी प्रणाली तेश्रो परियोजना स्वास्थ्य र विकासको लागि नगर सरसफाई परियोजना, पशु बस्तुको मुल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना, नेपालमा डिजिटल प्रविधि पहुँचमा लैङ्गीक अन्तर न्युनिकरण परियोजना, जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण कार्यक्रम, नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना, स्वास्थ्यको लागि उर्जा कार्यक्रम, मध्यवर्ति क्षेत्रमा जिविकोपार्जनका लागि नविकरणिय उर्जाको पहुच परियोजना, नवीकरणीय उर्जाको माध्यमबाट कृषिमा सुधार, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, कृषि तथा पशु उद्यमशिलता विकास परीयोजना, सिम्ता, अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार परियोजना लगायतका परियोजनाहरु मार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाका करिब ५८ हजार ४ सय २६ लाई लाभान्वित गरेका संस्थाका सचीव हिरामणि पौड्यालको प्रतिवेदनपेश गरेका थिए।
संस्थाले गत आर्थिक वर्षमा आठ करोड पचपन्न लाख एक्तीस हजार छ सय तेइस रुपैया बराबरको खर्च गरेको थियो भने आगामी वर्षका लागि दश करोड अठ्ठाइस लाख छयानब्बे हजार दुईसय त्रीयानब्बे रुपैया प्रस्तावित आय व्यय पेश भएको छ।
संस्थाले गत आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरु कार्यक्रम अधिकृत मनकुमारी सापकोटा र सहकारी क्षमता अभिवृद्धि सहजकर्ता काशीराम शर्मालाई प्रशंसापत्र र दोसल्लाबाट पुरस्कृत गरेको थियो । संस्थाका आजिवन सदस्य श्री शिवराज जैसीले सोक्रेटस्सोसियल रिर्सच युनिभर्सिटीबाट मानार्थ डक्टरेड उपाधि हासिल गर्नुभएकोमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको थियो ।
कार्यक्रममा सिम्ता गाउपालिका सुर्खेतका उपाध्यक्ष गोमा रेग्मी शर्मा, गैैसस महासंघ कर्णाली प्रदेशका इन्चार्ज घनश्याम के.सी., उद्योग वाणिज्य संघका महासचिब भद्र भण्डारी, रेडक्रस सोसाइटी सुर्खेतका मन्त्री प्रदिप्त पौडेल, एस.एन. भी. नेपालका प्रतिनिधि पार्वती दंगाल लगायतले धारणा राखेका थिए । सो कार्यक्रमको सञ्चालन संंस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले गरेका थिए ।
साधारण सभाका तस्बिरहरू:
संवाददाता । शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित