Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुनको भाउ बढ्यो चाँदीको स्थिर



काठमाडौ । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ।


आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार