Karnali Media
२०८३ जेठ २६ , मंगलबार

वीरेन्द्रनगरमा सनराइज बैंकद्वारा ५ दिने दुग्ध उत्पादन र मुल्य श्रृङखला सम्बन्धी वित्तिय साक्षरता कार्यक्रम



सुर्खेत । साममजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन र मुल्य श्रृङ्खला सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रमको उद्घाटन गरेको छ ।

वीरेन्द्रनगर २ का कृर्षि क्षेत्रका ३५ जना महिला दिदीबहिनीहरूलाई ५ दिने दुग्ध उत्पादन र मुल्य श्रृङ्खला सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रमले महिलाहरुको सिप विकास गरि कृषि क्षेत्रमा महत्वपूर्ण योगदान लिने लक्ष्य लिएको सनराइज बैंकले जनाएको छ ।


कार्यक्रममा प्रमुख अतिथी वीरेन्द्रनगर २ का कार्यवहाक वडाअध्यक्ष गज बहादुर बुढा, विशिष्ट अतिथी सन्राइज बैंक लि. कर्णाली प्रदेशका प्रमुख धर्म कुमार विष्ट, सन्राइज बैकं प्रधान कार्यलयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा सन्राईज बैंक वीरेन्दनगर शाखाका शाखा प्रमुख सुस्मा गिरीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता उतरगंगा महिला उद्यमी साना सहकारि संस्था तथा टोल विकास समिति का अध्यक्ष पम्फा थापा मगरले गरेकी थिइन । साथै ५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गर्नेछन् ।

प्रकाशित मिति : २०८० जेठ ९ गते मंगलबार