सरकारले बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जनाएका हुन् ।
उनले गौरवका आयोजना आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमै उत्पादन रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारीका अवसर र वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्तन कार्यक्रम सञ्चालन गरिने जनाए ।
यस कार्यक्रमलाई मूलतः कृषिको व्यावसायीकरण लघुवित्त साना उद्योग प्रवर्तन र सूचना प्रविधि तथा पर्यटक क्षेत्रको विकासमा केन्द्रित गरिनेछ। उनले बाँझो र उपभोगविहीन जमिनको उपभोग गर्न प्रोत्साहित गर्न स्थानीय तहसगँको समन्वय र सहकार्यमा सञ्चालन गर्न यस कार्यक्रमको निर्देशिका साउन महिनाभित्र तर्जुमा गर्न सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
संवाददाता । सोमबार, जेठ १५, २०८० मा प्रकाशित