Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णालीका ४ सहित २९ गाउँपालिकाले बजेट ल्याउन बाँकी



देशभरका ४६० मध्ये ४२९ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्। नेपालको संविधान र कानूनबमोजिम नयाँ आर्थिक वर्षका लागि असार १० भित्र नगर वा गाउँसभामा बजेट पेश गर्नुपर्ने प्रावधान ९४ प्रतिशत गाउँपालिकाले पालना गरेका हुन्।

गाउँपालिका महासंघले अब २९ गाउँपालिकाले बजेछट ल्याउन बाँकी रहेको जनाएको छ। ती गाउँपालिकामा गाउँसभाको अधिवेशन नै शुरु हुन नसकेको महासंघले जनाएको छ।


प्रदेशगतरूपमा कोशीमा तीन, मधेशमा १३ बागमतीमा तीन, गण्डकीमा दुई, लुम्बिनीमा चार र कर्णालीमा चार गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्। सुदूरपश्चिममा सबै गाउँपालिकाले बजेट पेश गरिसकेका छन्।

ती गाउँपालिकामा केही दिनमै सभा शुरु हुने जनाकारी प्राप्त भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमबार