Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो



काठमाडौं: सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।


यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार