Karnali Media
२०८३ जेठ २६ , मंगलबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

प्रकाशित मिति : २०८० कात्तिक १४ गते मंगलबार