Karnali Media
२०८३ भदौ २८ , आइतबार

आज तराई-मधेसमा होली मनाइँदै



काठमाडौँ । तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई(मधेसमा होली पर्व मनाउने गरिएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।


त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रङ्गहरू दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार