Karnali Media
२०८३ असोज २ , शुक्रबार

उखुको जुस पिउँदा यस्ता कुरामा ध्यान नदिँदा हुनसक्छ खतरा !



फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ। तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ। पसलमा झिंगा भन्किइरहेको हुन सक्छ। त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न।

खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ। सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ। यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ। किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन्।

संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ। यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।

मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ। मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ।


फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ। यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ। बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ। किरा लागेको हुनसक्छ। यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस्।

प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार