नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो । सोमबार बसेको निगम सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८.५० रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १५७.५० पैसा पुगेको छ ।
त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १७० रुपैयाँ पुगेको छ भने डिजेल १५९ रुपैयाँ पुगेको छ ।
त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७१ रुपैयाँ पुगेको ५ भने डिजेल १६० रुपैयाँ पुगेको छ ।
नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
संवाददाता । सोमबार, असार ३१, २०८१ मा प्रकाशित