Karnali Media
२०८३ असार २ , मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं : प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।


यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन्।

नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार