Karnali Media
२०८३ असार २३ , मंगलबार

इङ्ल्यान्डमाथि नेपालको ६ विकेटको जित



कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शुक्रबार बिहान भएको खेलमा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४=२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनायो।

कप्तान सन्दीपले आक्रमक ब्याटिङ गरे। १७ बल खेलेका उनले पाँच चौका र आठ छक्का प्रहार गरे। उनी अविजित रहे। जारी प्रतियोगितामा यो नै पहिलो अर्धशतक हो। उनले १२ बलमै अर्धशतक प्रहार गरेका हुन्।

त्यसक्रममा उनले तीन चौका र ६ छक्का प्रहार गरे। लोकेश बमले अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए।


त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५=५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो।

रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो।

प्रकाशित मिति : २०८१ कात्तिक १६ गते शुक्रबार