सुर्खेत । सुर्खेतका युवा व्यवसायीक विशाल ढकालले आगामी बैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायीक प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गराएसँगै युवा व्यवसायीक ढकाल (बिन्द्र जैसी)ले व्यवसायीक हकहितका लागि संगठन सुधारमा लाग्ने बताएका छन् ।
आफु व्यवसायीकमा समावेश भएदेखि हरेक व्यवसायीकहरूको बीचमा रहेर काम गरेको र प्रत्येक व्यपारीलाई सहयोगी बनेर निरन्तर लागिरहेको उनी बताउछन ।
यस्तै, पछिल्लो समय युवा व्यवसायीकका रूपमा उदाएका ढकाल सबै व्यपारीकाबीचमा लोकप्रिय छन् । ढकालले आफ्ना विभिन्न कम्पनी अर्थात् पसलहरूमा करिब ४० जना युवाहरूलाई रोजगारी समेत दिईरहेका छन् ।
ढकाल विगत १० वर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यवसाय गरिरहेका छन । उनले वीरेन्द्रनगरमा न्यू विशाल इञ्जिनियरिङ वर्कशप, विशाल जेनेरल एण्ड अर्डर सप्लायर्स र फेसियल हाउस सञ्चालनमा ल्याएका छन् ।
ढकाल २०७५ सालमा भएको सुर्खेत उद्योग वाणिज्य संघको चुनावको सदस्यपदमा पराजित भएका थिए भने यस पट्को चुनावमा पुनः सदस्यमा उम्मेदवारी दिएका छन् ।
यस पटको निर्वाचनमा भने ढकालले धेरै व्यवसायीकहरूमा आउँने विभिन्न समस्याहरूलाई समाधानमा सक्रिय भूमिका खेलेका थिए । साथै कोरोना महामारीको समयमा भएको लकडाउनमा पनि ढकालले धेरै व्यापारी तथा नागरिकको समस्यामा मलम लगाउँने काम गरेका थिए ।
त्यसैले यस पट्को संघको निर्वाचनमा विजयी भएको खण्डमा संघका र सबै व्यपारीहरूको हितमा काम गर्ने उनको योजना छ ।
संवाददाता । शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित