Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा चुनाव अवधिभर मदिरा सेवन तथा बिक्री वितरणमा रोक



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर मादक पदार्थ सेवन तथा बिक्रि बितरणमा प्रतिबन्ध लगाएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले यही बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मको लागि स्थानिय तह सदस्य निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ मा भएको व्यबस्थाको प्रभावकारी कार्यान्वयनका लागि मौन अबधी सुरु हुने मितिबाट मादक पदार्थ सेवन तथा बिक्रि बितरणमा पूर्ण निषेध गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निर्वाचनका बेला मदिराजन्य पदार्थ सेवनले अबरोध गर्न सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिनुभयो


प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार