काठमाडौं : काठमाडौंको जोरपाटीमा लेदो, माटो र पानीसहितको फोहोरा निस्किएको छ ।
स्थानीयले खानेपानीको लागि बोरिङ खन्दै गर्दा माटो र बालुवाको लेदो निस्केको हो । जसमा प्राकृतिक ग्यास भएको आशंका गरिएको छ । खनेको स्थानबाट माटो र बालुवाको लेदो निरन्तर आकाशतर्फ उडिरहेको बौद्ध प्रहरीले जनाएको छ । स्थानीयले थप अध्ययनका लागि खानी विभागकालाई खबर गरेका छन् ।
यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा बोरिङ खन्ने क्रममा ग्यास निस्कने घटना हुँदै आएका छन् । यो प्राकृतिक ग्यास भए नभएको अध्ययन पछि मात्रै थाहा हुनेछ ।
संवाददाता । मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित