१३ भदौ, सुर्खेत। एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएकाे छ । एनसीसी बैंकका ग्राहकहरुलाई सुर्खेत रहेको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली ले उपचारमा ५ देखि २५ प्रतिशत सम्म छुट प्रदान गर्न सम्झाैता गरेकाे हाे ।
बैंकका सुर्खेत शाखा प्रबन्धक निरञ्जन ज्ञवालीका अनुसार छुट सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा Cabin (Deluxe)मा २५ प्रतिशत, Cabin and whole body check up मा २० प्रतिशत, operation charge (O.T) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance मा १० प्रतिशत र pathology and pharmacy (medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
संवाददाता । सोमबार, भदौ १३, २०७९ मा प्रकाशित