Karnali Media
२०८३ साउन ३ , आइतबार

एनएमबि बैंकका ग्राहकहरुलाई कर्णाली केयर हस्पिटलले ३५ प्रतिशत सम्म छुट दिने



सुर्खेत । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोड स्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रिय प्रमुख मित्रराज प्याकुरेल र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली को तर्फबाट निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले हस्पिटलमा बिभिन्न सुविधामा ५ प्रतिशतदेखी ३५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।


एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका बिजनेश डेभलपमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार