सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको घण्टाघर आन्तरिक तथा वाह्य पर्यटकको रोजाईको केन्द्रमा पर्दछ । विरेन्द्रनगर नगरपालिकाको बजार बिचमा अबस्थित घण्टाघर झट्ट हेर्दा सबैको मन लोभ्याउछ । साथै पछिल्लो समय संरक्षणको अभाबले घण्टाघर सोभा हराउदै गईरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४५ सालमा चीन सरकारको सहयोगमा स्थापना गरिएको थियो । ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँको लागतमा निर्माण गरिएको हो
माथिल्लो भागको चारैपट्टीको पर्खालमा जापानबाट ल्याइएका ठूला-ठूला घडी जडान गरिएका छन् । सौर्य शक्तिबाट चल्ने यी घडीले समयको जानकारी सँगै मीठो धुन समेत दिने गर्थे । बटुवाले समेत घण्टाघरको धुन सुनेर आनन्द लिने र समयको समेत जानकारी प्राप्त गर्दथे ।
साथै घण्टाघरको क्षेत्रमा आकर्षक बढाउनका लागि विभिन्न समयमा विभिन्न कामहरु हुँदै आईरहेका छन कहिले साना बालबालिका खेल्नका लागि पार्क आकर्षक डिजाईनक बस्ने र खेल्ने सामाग्रीहरु विभिन्न जनावर साथसाथै यश क्षेत्रमा विभिन्न प्रजातिका बोटबिरुवा फुल बगैचाहरु निर्माण हुँदै आईरहेका छन तर यो सङ्गै
घण्टाघरको संरक्षण कसले गर्ने भन्ने चुनौती थपीएको छ । संरक्षणको अभावमा उक्त घण्टाघर जीर्ण बन्दै गएको छ । घण्टाघर प्रमुख आकर्षक रहेका घडिहरु अहिले नाम मात्रका छन २०४७ पनि यी घडीहरु बिग्रेपछी वीरेन्द्रनगर नगरपालिकाले मर्मत गरी पुन: सञ्चालनमा ल्याएको थियो त्यसपस्चात केही समय चले पनि अहिले यी घडीहरु चलेका छैनन् जसले गर्दा घण्टाघरको अस्तित्व र पहिचान नै संकटमा परेको छ । यी र अभाबहरु भए पनि पर्यटकले भने घण्टाघरसँगै रमणीय पार्क भएको र यसबाट बिरेन्द्रनगरको बजार क्षेत्रालाई नियाल्न सकिने भएकोले पर्यटकहरु यहाँ आउने गर्दछ्न ।
यो राजधानीको मुटुभित्रको पर्यटकीय स्थल पनि हो । घण्टाघर पार्क लाई वीरेन्द्रनगर नगरपालिकाले संरक्षण गर्ने र पर्यटकीयस्थलका रुपमा विकास गर्ने हेतुले पब्लिक प्राईभेट पार्टनरसिप योजना संचालन गरिरहेको छ ।
पार्कमा आन्नद लिने र विभिन्न कार्यत्रक्रमको लागि हल तथा विभिन्न जातीका चराहरुसमेत व्यावसायीले राखेका छन् । केही समय पहिले दुर्लभ जातको चरा अस्ट्रिज समेत पर्यटकलाई आकर्षण गर्न राखीएको छ तर अहिले दुम्सीमात्र देख्न सकिन्छ । त्यो बाहेक बालबालिकाको लागि राम्रो खेल मैदान समेत घण्टाघर पार्कमा छ ।
उक्त पार्कमा रहेका विभिन्न सामाग्रीहरु भाचिएका र टुटेका छन खेल्न र मनोरञ्जन गर्न भनी बनाईएका सामाग्री पनि जिर्ण अबस्थामा छन जस्तै बालबालिकालाई खेल्नका लागि बनाईएको नमुना रेलले अहिले त्यस बिग्रेर झनै सोभा घटाईरहेको छ यस्तै बालबालिकाले बसेर घुम्दै रमाउने उदेश्यले राखिएका सामाग्रीको अबस्था पनि उस्तै छ केही समय प्रयोग पश्चात् बिग्रेपछी यसको मर्मत सम्भारमा ध्यान गएको छैन ।
आकर्षक गर्न भनी राखिएका सामाग्रीले नै त्यहाको आकर्षक घटाईरहेका छन ।
यता घण्टाघर भित्रको अबस्थापनी दिनदिनै बिग्रदै छ प्रबेशद्वार मै अबस्थित बिधुतिय तार र त्यहाको रङ्गरोगन बिग्रेसङ्गै त्यहा भएको फोहोर देख्न सकिन्छ यस्तै त्यहाका सिढी चढेर घण्टाघरको अवोलकन गर्ने ठाउँ सम्म जाने सिढिहरुपनी केही बिग्रेका छन यसले दुर्घटनाको पनि जोखिम निम्ताएको छ । यस्तै यहाँ आउने पर्यटकका बिभिन्न गतिविधि जस्तै जथाभिबी फोहोर गर्ने पान गुट्खा सेवन गरेर भित्ता थुक्न्ने र जथाभावी केरमेट गर्दा दिनानुदिन घण्टाघर जिर्ण बनिरहेको छ ।
समग्र कणालिको पहिचान जोडिएको घण्टाघरको बेलैमा संरक्षण नगरे अस्थित्व मेटिन्छ कि भन्ने डर सबैमा जागेको छ ।
पूरा जानकारी हेर्न
संवाददाता । बिहिबार, माघ २७, २०७८ मा प्रकाशित