म युवा, उहाँ कै शब्दमा भन्दा सम्माननीय प्रधानमन्त्री ज्यु, पनि युवा । यिनै दुई युवा विचका युवाहरूका कथा लेख्ने प्रयत्न गर्दैछु ।
म त ठुलै परिवर्तन पछि जन्मेको मान्छे, म जन्मनु पुर्व राणा शासन हट्यो प्रजातन्त्र आयो, निर्दल हट्यो बहुदल आयो, राजतन्त्र हट्यो, गणतन्त्र पनि आयो । तर दुःख का साथ भन्नू पर्छ, म जन्मनु पुर्व बदलिएका व्यवस्थामा जनताको अवस्था, म जन्मेको १८ वर्ष पुगिसक्दा पनि उस्तै छ । मुलुकमा कयौंपटक व्यवस्थाहरू बदलिए, व्यवस्थाहरू बदल्नका लागि आन्दोलनहरू भए तर ती व्यवस्थाहरू संगै बदलिनु पर्ने जनताको अवस्था भने खाडी नपसे सम्म बिहान बेलुका मुख जोर्न नसक्ने भयो / भैरहेको छ । फरक यत्ति हो, पहिला गरेनन् भन्न पाइदैन्थो रे, अहिले गरेनन् भनेर घोक्रो फुट्नेगरि चिच्याउदा पनी सुनिदिने खासै कोहि भेटिदैनन् । “लाजपति छडिएको कुन्नि के” भन्थे त्यस्तै छन् संघीयताका राजाहरू।
गरेनन्, गरेनन्, गर्दैगरेनन् भनिरहदा गर्ने हरूलाई निरउत्साहित महसुस हुन्छ होला तर “एउटा आलु कुहिएपछि सबै गन्नाउछन्” भन्ने उखानको व्यावहारिक प्रयोग पनि हुदोरहेछ । यो लेखिरहदा / बोलिरहदा गर्दै नगरेनन् भन्न खोजेको हैन , आफ्नो विद्यार्थी जीवनकालमा कयौंपटक जेल, नेल भोगेका, परिवर्तनका लागि अग्रपंक्तिमा खटिने, वर्तमानमा पनि कयौं युवाहरूका मन पर्ने नेता आदरणीय के . पी . शर्मा ओली को नेपाली राजनितीमा योगदान नभएको होईन । आफ्नो युवा अवस्थामा जिब्रोमा करेन्ट लगाउदा सम्मपनि अन्याय, अत्याचार, विकृति, विसंगतिको विरोध गरिरहने आदरणीय शेर बहादुर देउवा को योगदान नभएको होईन । राजाको शासन संग नडराउने, टाउको मुल्य तोक्दा सम्म पनि, टाउको नझुकाएका नेता आदरणीय प्रचण्ड को पनि नेपाली राजनितीमा योगदान नभएको भने होईन । तर गरे, गरेनन् को राजनैतिक खेलमा के गरे भन्ने प्रश्न पनि संग संगै आउँछ, जुन प्रश्न वर्तमानमा निरउत्तर बनेको छ ।
वास्तवमा देशमा संघीयता आइसकेपछि जनताका कयौं आकांक्षाहरू थिय, तर ती आकांक्षाहरू भन्दा धेरै पर संघीयता को उपलब्धि के ? भन्ने प्रश्न पनि लगभक निरउत्तर जस्तै बनेको छ । १० बर्षे महान जनयुद्ध तथा १९ दिने जनआन्दोलन का क्रममा सहादत हुन पुगेका १० हजार बढी नेपाली युवा को रगत के को लागि बग्यो त ? यो गम्भीरतापूर्वक सोच्नुपर्ने विषय बनेको छ ।
धनी र गरिब बीचको खाडल बढेको बढ्यौं छ, देशको अर्थतन्त्र रेमिटेन्स ले धानिरहेको छ, नयाँ खोल्ने त कुरै भएर पुरानै उद्योगहरू पनि बन्द छन् ,गास, वास, कपास, शिक्षा स्वास्थ, रोजगारी जताततै भुस को आगोजस्तै राजनीति मौलाइरहेको छ, युवा हरू निर्यात गरेर, नुन देखि सुन सम्म आयात भैरहेको छ, वसुधैव कुटुंबकम मा आधारित सनातन सभ्यता विलीन हुने अवस्थामा छ, एक आपसमा दोसारोपण को प्रवृत्ति मौलाउदै छ, नुन देखि सुन व्यापारी, वाल वर्मचारी देखि उच्च पदस्थ कर्मचारी जताततै भ्रष्टाचार मौलाउदै गइरहेको छ, राजनिती लाई कमाइ खाने भाडो को रूपमा प्रयोग गरिदै छ, हत्या, हिंसा, विभेद, अन्धविश्वास, कुरीति, कुसंस्कार तथा बलात्कार जस्ता जघन्य अपराधहरूले समाजमा जडा गाडिसकेका छन्, यी यस्तै समस्या मात्रै लेख्ने हो भनेपनि एउटा किताब बन्छ ।
के १० वर्षे महान जनयुद्ध तथा १९ दिने जनआन्दोलन का उपलब्धि हरू यिनै हुन् त ? जनआन्दोलनले जनताको अवस्थामा के किती परिवर्तन ल्यायो ? के पुर्णतया जनताको जीवनस्तर परिवर्तन भयो ? अह ! यति त अझैसम्म पनि चुनावी नारा बन्दैछन् ।
वास्तविकता,
आधा युवा विदेशमा छन्, बाँकी नेपालमा भएका युवाहरू कोहि फ्रिफायर, पब्जिमा व्यस्त हुन्छन् त कोहि खोला तिर, चोक तिर झ्यापमा भेटिन्छन् । अनि कसरी हुन्छ, देशको बिकास ?
अब युवाहरूले २००७ सालको क्रान्ति देखि २०४७ साल हुदै ०६२/६३ सम्मका आन्दोलनहरूका उपलब्धि हरूलाई मध्यनजर गर्दै, व्यवस्था परिवर्तन पछि अवस्था परिवर्तन को क्रान्ति शुरू गर्नुपर्छ । अब पनि देशको समसामयिक राजनिती प्रति वेखबर हुने, “पोलिटिक्स इज डर्टी गेम” भनिरहने, विदेशमा गएर अर्काको जे काम पनि गर्न तयार हुने तर नेपाल मै श्रम नगर्ने, सामाजिक सञ्जालमा एक ले अर्काको विरोध गरिरहने हो भने; देशमा रोजगारी को अवसर पाइएला युवाहरू विदेशीन नपर्ला, देश विकसित होला, गुणस्तरीय शिक्षा, स्वास्थ को प्रत्याभूति होला, समग्रमा देश समृद्ध, समुन्नत होला भन्ने सपनामै मात्रै सिमित नहोला भन्न पनि सकिन्न ।
त्यसकारण,
परम्परागत राजनीतिक शैली लाई विस्थापित गर्दै, युवा पुस्ता राजनितीमा स्थापित हुन जरुरी छ । ( उमेर ले मात्रै युवा नभई शिक्षित, सक्षम युवा ) अबका युवाहरूले हावादारी भाषण मात्रै होइन ” सिपयुक्त युवाहरूको कारखाना ” खोज्नु पर्छ, समाजका शुस्म शुस्म समस्याको पहिचान गरी समुदायको तल्लो तहसम्म पुगेर समाधान गर्नु पर्छ, समाजिक न्यायको युद्ध लड्नु पर्छ जस्को शुरूवात प्रत्येक युवा बाट, प्रत्येक समुदायमा, अबका प्रत्येक स्वास पिच्छे हुन जरुरी छ तबमात्र समृद्ध, समुन्नत र विवेकशील नेपाली समाजको निर्माण सम्भब छ ।
धिरेन्द्र सापकोटा
वीरेन्द्रनगर, सुर्खेत
धिरेन्द्र सापकोटा । बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित